२०८२ कात्तिक ११ , सोमबार

माओवादी केन्द्र कनकासुन्दरी गाउपालिकाका ८ वटै वडामा अधिवेशन सम्पन्न



बैशाख २२

उपेन्द्र न्यौपाने सिंजा

नेकपा (माओवादी केन्द्र) कनकासुन्दरी  गाउँपालिकाले पालिका भित्रका ८ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टीको सर्कुलर अनुसार आईतबार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र कनकासुन्दरी इन्चार्ज राजजङ हमलाले बताउनुभयो ।

इन्चार्ज हमालका अनुसार वडा सम्मेलनमा पार्टीका नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको छ । पार्टीको निर्देशन अनुसार वडा अधिवेशनबाट नेतृत्व समेत चयन गरिएको बताउनुभयो ।
माओवादी केन्द्र कनकासुन्दरी १  वडा कमिटीको अधिवेशनले धर्मदत्त कठायतको अध्यक्षमा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा गठन भएको नेकपा माओवादी केन्द्रको  जिल्लाकमिटी सदस्य भिम बहादुर भण्डारी ले  जानकारी दिनुभयो ।

यस्तै नेकपा  माओवादी केन्द्र कनकासुन्दरी  गाउँपालिका वडा नं २  काे दाेस्राे वडा सम्मेलनवाट शेर बहादुर रावत अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ। कनकासुन्दरी  गाउँपालिका ४ को दोस्रो वडा अधिवेशनबाट धर्म दमाई  को अध्यक्षतामा २१ जना वडा कमिटी गठन भएको छ।

त्यसैगरी वडा नं. ५ काे दोस्रो वडा अधिवेशनबाट भिमबहादुर बुढाको  नेतृत्वमा १९ सदस्यीय वडा कमिटी चयन गरिएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सचिवालय सदस्य शुर्यमणी हमाल ले    जानकारी दिनुभयो ।

त्यस्तै नं. ६ काे वडा दोस्रो वडा अधिवेशनबाट भैरे सार्कीको अध्यक्षतामा १५  सदस्यीय वडा कमिटी गठन गरिएकोछ भने तेसै गरि  नेकपा माओवादी केन्द्र कनकासुन्दरी  गाउँपालिका-७ वडा कमिटीले रतन कार्की को अध्यक्षतामा  २१ सदस्यीय निर्बिरोध चयन गएरेको छ भने तेस्तै गरि कनकासुन्दरी गाउपालिका वडानम्बर ८ मा  गोकुल कामिको अध्यक्षतामा २५ सदस्यीय  छनोट भएको छ भने आज अन्तिम दिन वडानम्बर ३ मा भने धनबहादुर बुढाको अध्यक्षतामा १५ सदस्यीय  छनोट गरि वडापालिका अधिबेशन सम्पन्न भयको इन्चार्ज हमाल ले बताउनु भयो ।

प्रकाशित मिति : २०८२ वैशाख २२ गते सोमबार