१५ साउन जुम्ला ; नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनले संगठनभित्र विभाजन ल्याएको छ। अधिवेशनमा शेखर कोइराला समूह र शेरबहादुर देउवा समूहबीच विवाद उत्पन्न भएपछि शेखर समूहले समानान्तर जिल्ला समिति गठन गरेको घोषणा गरेको हो।
शेखर समूहका अनुसार अधिवेशन प्रक्रियामा देउवा पक्षले “गलत मनसायले एकलौटी रूपमा कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको चयन” गरेको छ। केही व्यक्तिको मिलेमतोमा प्रक्रिया लत्याएर प्रतिनिधि चयन गरिएकाले वैध र लोकतान्त्रिक अभ्यास कायम राख्न बाध्य भएर नयाँ समिति गठन गरिएको हो।
शेखर समूहबाट गठन गरिएको समानान्तर समितिको अध्यक्षमा संजिव रावल चयन भएका छन्। उपाध्यक्षमा गोपाल वहोरा र शेर रावत रहेका छन्। सचिवको जिम्मेवारी गणेश मल्ललाई दिइएको छ भने सह-सचिवमा कमल वहोरा छन्। कोषाध्यक्षको रूपमा जरमकला रोकाया चयन भएकी छन्।
सदस्यहरूमा वीरेन्द्र शाही, सुमन खड्का, जानकी सिंह शाही, रुपेश शाही, रतन शाही, श्रन्य बुढा (महिला प्रतिनिधि) र गोमा नगरकोटी (समावेशी) रहेका छन्।
समितिमा जातीय तथा क्षेत्रीय प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ। भरत शाही खस आर्य समुदायबाट, राजनी श्रेष्ठ जनजातिबाट, करण चनरा दलित समुदायबाट, देवी धरला पछडिएको वर्गबाट प्रतिनिधि बनेका छन्।
त्यस्तै, अन्य सदस्यहरूमा लाल ब. रावत, सीता रावत, मनोज अधिकारी, जग बुढा, सुरेन्द्र रावत, पदम रावत, बिष्णु रावत (महिला सदस्य), गीता रावत (महिला सदस्य), निर्मला बुढा (महिला सदस्य) रहेका छन्।
जय ब. कुँवर खस आर्य, पाल्जोर लामा जनजाति, धन बहादुर दमाई दलित, हिमाली सार्की दलित महिला तथा जय कुलाल पछडिएको वर्गको प्रतिनिधित्व गर्दै समितिमा समावेश भएका छन्।









प्रतिक्रिया दिनुहोस्