उपेन्द्र न्यौपाने जुम्ला
वैशाख २१ गते
वैशाख महिनाकाे प्रचण्ड गर्मी। पसिनाले उनको पुरै शरीर भिजेको छ। अनुहारभरि धुलाम्मे सडकबाट उडेको धुलैधुलाे पोतिएको छ।ओठमुख सुकेका छन् । हत्केलाभरि ठेला छन् । उनको दायाँ हात हताैडा छ,बायाँ हातमा ढुंगा छ।दुवै हातमा च्यातिएका ओैला प्वाल परेका पञ्जा देखिन्छन्।दैनिक उनी सकि नसकि गिट्टी कुटिरहेकी छन्।काेही नयाँ मान्छेकाे आवाज सुन्ने वित्तिकै उनी गिट्टी खरिदका लागि आएको ग्राहक ठानेर मोलमोलाई समेत सुरु गरिहाल्छिन्।
सडकमै नयाँ मान्छे प्रवेश गर्ने वित्तिकै उनका आँखा त्यतैतिर जान्छन् । उनलाई लाग्छ, ‘गिट्टी खरिदका लागि नै ग्राहक आएको हो कि ?’ तर, सडकमै मानिस गिट्टीको लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निराशाजनक पैदा हुन्छ। छेउमै रहेको गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्छिन्। जुम्लाको चन्दननाथ नगरपालिका – ४ मालाभिड सडकमै देखिएको दृष्य हो यो।दुई वर्ष पहिला देखि श्रीमान गाेर्खराज शाही जेलमा छन्।मुगुकाे छायाँनाथ रारा नगरपालिका-६ मन्दु गाउँमा सामूहिक हत्या प्रकरणमा श्रीमान् जेलमा परेका छन् । गत २०८० कार्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो।
बिचलित बनेकी मुगुको राराछाँयानाथ नगरपालिका -७”पिना गाउँकी चुनमती शाहीकाे दैनिकी हिजोआज गिट्टी फुटाउँदै बित्छन्। उमेरले ३५ वर्षकी उनलाई हिजोआज छाक टार्नै मुस्किल छ। गिट्टीको सहारामा जेनतेन पेट भरिरहेकी छन्।एक दिन गिट्टी कुट्न छोड्दा उनको चुल्हो नै बल्दैन।गत भदौकाे महिना देखि जुम्लाकाे चन्दननाथ नगरपालिका -४ सिंगाचाैरमा अर्काकाे घरमा बस्छिन्।गाउँमा हुँदा शाहीलाई अपुग केही थिएन, बस्नलाई घर थियो। परिवारले खाएर बचत भएको अन्न बिक्री गर्थिन्। छाेराछाेरीहरू नजिकैको स्कुलमा पढ्थे।यो अवस्थामा सडकमै बसेर गिट्टी कुट्नु पर्ला भन्ने उनले कल्पना समेत गरेकी थिइनन्। तर, श्रीमान् गोर्खराज शाही जेल परेपछि समस्यामा परिन्। उनका अनगिन्ती सपनाहरू तुहिय।
उनको तीन जनाको परिवार नाै महिनादेखि जुम्लामै छ। मलिन अनुहारमा बगेको आँसु पुछ्दै चुनमतीले भनिन्, ‘मेरो छाेरा लक्की शाही ५ वर्षका भए।भने, खुसी शाही छाेरी ११ वर्षकी भइन्।स्कुल जानबाट बञ्चित छन्। मलाई ढुंगा ल्याउने काममा सघाउने गर्छन्।अरुका छाेराछाेरी स्कुलमा अक्षर चिन्छन्।मेरो ढुंगा गन्ति गर्छन्।भकानिएर भनिन् भगवान् कता छन्।पढ्ने रुपैयाँ छैन्। आसु झार्दै भनिन्। गिट्टी बिक्री भएनन्।भने खान पाइदैन।पढ्ने त,परको कुरा हो,´अर्काको ठाउँमाआफ्नो काेही पनि छैन, यही गिट्टी नकुटे कसरी पेट भर्नु ?’ ‘भाग्य नै फुटेपछि के गर्नु ? यो शाहीले पिडा पाेखिन्। गिट्टी फुटाल्नु परेको छ’ उनी भन्छिन्, ‘शरीर पनि कमजोर भइगो,ज्यान सञ्चो छैन।
गिट्टी फुटाल्न खोज्छु तर, पनि सकिदैंन, भाग्य फुटेपछि त गिट्टी पनि फुट्दो रहेनछ। ’छाेराछाेरी साना भएकाले खर्च जुटाउने जिम्मेवारी उनको काँधमा छ । उनले थपिन्, ‘मैले गिट्टी कुट्न छोडेपछि चुल्हो नै बल्दैन। दिनप्रतिदिन महंगो छ। बजार,यो दिनभरी गिट्टी फुटाल्नुपर्ने भयो, रातभरी शरीर दुखेर मर्नुहुन्छ।’जसले गर्दा आफूले चाहेर पनि धेरै गिट्टी कुटन् नसकेको भन्दै छाक टार्न कठिन भएको दुखेसो पोखिन।
आम्दानीको अन्य स्रोत नहुँदा छाक टार्न ढुङ्गा बोकेर ल्याउँछन्।एक हप्ता अगाडि ८ हजारका गिट्टी बेचेकी थिइन्। जुम्लामा गिट्टी अहिले प्रति ट्याक्टर ४ हजारका दरले बिक्री भइरहेको छ।यता उनकी घर मालिक मन्नु सार्की भनिन्। चुनमती बहिनीको जीवन दु:खले चलिरहेको छ। मेरो घरमै बसेकी छिन्।काेठामा बसालेकी छुँ।अर्काकाे ठाउँमा महिला मान्छेलाई बाच्न गाह्रो छ।मैले साथमा गिट्टी कुट्न ल्याउने गरेको छु।मन्नुले भनिन्। म पनि गिट्टी कुटेर परिवार पाल्छु। उनलेे पनिउ अस्ति भर्खरै ६ हजारका गिट्टी बेचेको सुनाइन्।









प्रतिक्रिया दिनुहोस्