उपेन्द्र न्यौपाने जुम्ला
जेठ १९ गते
जुम्लाको तिला गाउँपालिका – ५ का वडाध्यक्ष ललित बहादुर शाहीमाथि चक्कु प्रहार गरिएको छ। वर्षका ४२ अध्यक्ष शाहीलाई आइतबार चक्कु प्रहार भएको थियो। उक्त गाउँपालिका- ४ वडामा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा सामुहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो। ‘घर फर्किंदै थियौं, एक्कासि चक्कु प्रहार भयो,’ उनले भने, ‘उनीहरुसँग कुनै प्रकारको विवाद थिएन । अब कानुनी प्रक्रिया अघि बढाउनुको विकल्प रहेन ।
ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारी छ।तिला-३ का लक्की बुढा, तिला-४ का सुधन शाही र सुशील शाहीले चक्कु प्रहार गरेको उनको भनाइ छ ।उनको शरिरको पछाडीको विभिन्न भागमा १७ वटा टाका लगाइएको छ। घाइते वडाध्यक्ष ललितको जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए।
उनले भने, ´पीडितले तीन जनाको किटान गरेका छन्। तर, प्रहरीले एकजनालाई जुम्लाको बसपार्कबाट पक्राउ गरेको छ। दुई जनाको खोजी कार्य भईरहेको छ। प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन।यस्तै प्रहरीका अनुसार तिला गाउँपालिकाकै-३ का वडाअध्यक्ष धनबहादुर शाहीलाई पनि ढुंगा हानिएको छ।
३८ वर्षका अध्यक्षलाई ढुंगा प्रहार भएको छ।अध्यक्ष शाहीले भने, ´ममाथि ढुंगा हानियाे, तर,मेरो टाउकोमा हेल्मेट थियोे,चाेट लागेन।’उनीहरुको नियत ज्यान मार्ने उद्देश्यकै रहेको देखियो,’ धनबहादुरले भने ।
चक्कु प्रहार गर्ने युवाविरुद्ध निवेदन परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले बताए ।
घाइते वडाध्यक्ष भेट्न गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा अस्पताल पुगेका थिए । उनीहरुले दोषीउपर कडा कारबाहीको माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्