२०८२ कात्तिक ११ , सोमबार

जुम्लामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।



जेठ ८

उपेद्र न्यौपाने

जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले बताए।

उनले भने,’बिहीबार दिउँसो ४ बजे चट्याङ परेको थियो। शाही यार्सा संकलन गर्न पाटन पुगेकी थिइन्। त्यही चट्याङ लाग्यो।’

यता तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल (सिमा) का अनुसार जुम्ला र जाजरकोटको सिमानामा पर्ने सुब्बाकुना पाटनमा यार्सा टिप्ने क्रममै चट्याङ परेको थियो।

चट्याङ परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त पाटनमा पुग्न झन्डै ६ घण्टा लाग्छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक कृष्णराज रोकायको नेतृत्वमा ६ जनाको टोली खटिएको डिएसपी रेग्मीले बताए।

प्रकाशित मिति : २०८२ जेठ ९ गते बिहीबार