२०८२ कात्तिक ११ , सोमबार

सिलाईकटाइ गर्दै: विव्यस अध्यक्ष असला



Oplus_131104

१२ बैशाख २०८२

उपेन्द्र न्यौपाने
सामान्य परिवारमा जन्मिएकी जुम्लाको कनकासुन्दरी गाउँपालिका- १ खाेलीगाउँ काब्राकी असला (बुढा)भण्डारीलाई सानै उमेर देखि पढ्ने ठुलो धोको थियो । तर, उनको आर्थिक अवस्था कमजोर थियो।घरपरिवारको चाहाना थियो, छोरी पढोस् भन्ने। तर, परिवारको दैनिक गर्जो टार्ने अवस्थासम्म थिएन्।उनले दुःख, सुख गर्दै ०६९ सालमा एसएलसी उतिर्ण भइन्।लगत्तै बिवाहा उनलेे बिवाहा गरिन्।

उनको काँधमा थप जिम्मेवारी थपियो ।घर खर्च जुटाउनु, घरपरिवारको हेरचाहको जिम्मेवारी असलाकाे काँधमा थपियो।तर, भण्डारी महादेव मावि काब्राकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन्।स्कुलका आडमा सिलाईकटाई व्यावसाय गरेकि छन्।आफ्नो पालमा विद्यालय नमुना बनाउने जनाइन्।

३० बर्षिया असला आर्थिक अवस्था न्यून भएकै कारण आफुले पढ्न पाइन्।अब छाेराछाेरीलाई जसाेतसाे पढाउछुँ,उनलेे भनिन्।आर्थिक अभावका कारण पढाईमा मिलेको नमिठो असफलताले उनको जीवनमा निकै ठुलो पाठ सिकायो । यहि अवस्थामा जीवन उकास्ने कयौँ प्रयास गरिन् । र, सफल पनि भईन् ।सिप सिकेर परिवार र समाजमा केहि गरेर देखाउने अठोट गरेकी उनलेे सिलाई कटाईको व्यावसाय सुरु गरिन् ।१० हजार रुपैयाँबाट सुरु गरेकि थिइन्। व्यवसाय सुरु गरेको सुरु सुरुमा गाउँघरका नजिकका दिदिबहिनीहरुको कपडा सिलाउन थालिन् । उनको सिलाई कटाई व्यवसाय अहिले निकै फस्टाउँदै गएको छ ।

व्यवसाय सञ्चालन गरेरै परिवारको आवश्यकता पुरा गर्न सक्षम भएकी छिन्।अहिले मासिक ३० हजार कमाइ हुन्छ।पाँच लाख बराबरको कपडा छ।

५ लाख जम्मा गरेको बताइन्।५ जनाकाे परिवारको जिम्मेवारी बहन गरेकी छन्।उनको श्रीमान विदेश छन्। तर अहिले उनको अवस्था फेरिएको छ ।जिम्मेवारी बढ्दै गयो, उनको मेहनतले सफलता पाउँदै गयो । बाल्यवस्थाको दुःख सम्झदै अहिले उनि खुसी छिन् ।

प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार